कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

कालीकोट | बैशाख ८, २०८२

कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार दुर्घटनामा पलाँता–५ निवासी अम्बा शाही, वडा नम्बर–४ का सदु बुढा, सोही वडाका रवीन्द्र विकको मृत्यु भएको हाे।

 

त्यस्तै मुगुको खत्याड गाउँपालिका–५ घर भएका ट्याक्टर चालक चन्द्रप्रकाश रोकायाको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी रावतले जानकारी दिए।

 

उनका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो।

 

आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको थियाे ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्